डोटी । डोटीको एक घरमा आगलागी हुँुदा दुईलाख ५० हजारको सामान जलेर नष्ट भएको छ । आईतबार डोटी, के.आई. सिंह
३ झिगा बस्ती बस्ने वर्ष ४० को बाजी भुलको दुई तले ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको कच्ची घरमा बिहानको खाना पकाउने क्रममा आगलागी हुँदा सो मुल्य बराबरको सामान जलेर नष्ट भएको हो । घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर, काठ लगायतका सामानहरु जलेर नष्ट भएको, छ भने अन्य मानबिय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट दुई लाख बढी सामान जलेर नष्ट
आगलागीबाट दुई लाख बढी सामान जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














