• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

  •   बुधबार, फागुन ०१, २०८१ मा प्रकाशित

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जनचेतना जगाउने कार्य अगाडि बढाएको छ । जिल्लाका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा स्वास्थ्य कार्यालयले पैरवी कार्यक्रम सञ्चालन गरेको छ ।

तीन वटै स्थानिय तहका वडामा पुगेर भद्रभलादमी, भलमन्सा, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीलाई सहभागी गराइ सिकलसेल एनिमिया र थालेसिमिया रोगबारे जानकारी गराउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए । सिकलसेल रोगको पहिचान गर्नका लागि तीन वटै पालिकाका छ हजार जनाको शिविर सञ्चालन गरी रगत परीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए ।
त्यसमध्ये शुक्लाफाँटामा मात्रै एक हजार पाँच जनाको रगत परीक्षणको कार्य गरिने छ । उनका अनुसार कञ्चनपुरमा मात्रै १८ देखि २० हजार जनामा अर्धदोषयुक्त जिन रहेको अनुमान रहेको छ । त्यसमा तीन सय ५० को हाराहारीमा सिकलसेलका बिरामी हुनसक्ने उनले उल्लेख गरे । “सिकलसेल एनिमिया थारु समुदायमा बढी देखिए पनि अन्य समुदायका व्यक्तिहरुमा पनि देखिन थालेको छ”, उनले भने, “चुनौतीका रुपमा यो रोग आउन थालेकाले समुदायमै पुगेर सचेत पार्ने कार्यमा लागेका छौँ ।”

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पतासम्बन्धी रोगलाई सिकलसेल रोग भन्ने गरिएको उनले जानकारी दिए । त्यसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमी हुनेसँगै शरीरका विभिन्न भित्री अङ्गहरुमा नोक्सानी पुग्दछ । सिकलसेल रोगका बिरामीहरुमा फरक–फरक किसिमका लक्षण देखापर्ने भएकाले चिकित्सकलाई समयमै बिरामीको रोग पहिचान गर्न कठिनाइ पर्ने गरेको उनी बताउँछन् ।
मानव शरीरमा रहेको तीन अर्बभन्दा बढी डिएनएमध्ये एउटा डिएनएको संरचनामा परिवर्तन हुँदा सिकलसेल देखा पर्दछ । सिकलसेल एनिमियाको अर्धदोषयुक्त जिनलाई हेटेरोजाइगोस ट्रेट भन्ने गरिन्छ । “यस्ता अर्धदोषयुक्त ट्रेट बोकेका व्यक्तिहरुमा सिकलसेल रोगका लक्षणहरु देखा पर्दैनन”, भट्टले भने, “यस्ता व्यक्तिहरुको साधारण व्यक्तिभन्दा १० गुणा बढी मलेरियासँग लडन सक्ने क्षमता राख्द छ ।”
उनका अनुसार सिकलसेल एनिमिया रोग एक प्रकारको वंशाणुगत रोग भएकाले बुबाआमाबाट बालबालिकामा सर्ने गर्दछ । यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ । त्यसले गर्दा रातो रक्तकोष गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्तकोष हुने भएकाले रगत सजिलोसँग बग्न सक्दैन ।
“यो रोग एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै जाने भएकाले यदि दम्पती दुवै जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट छ भने त्यस्ता दम्पतीबाट जन्मने चार सन्तानमध्ये एक जनामा सिकलसेल हुन्छ”, अधिकृत भट्टले भने, “सिकलसेल दोषयुक्त जीन भएका दम्पतीले सन्तान जन्माउन चाहेमा जेनेटिक परामर्शदातासँग अनिवार्य सन्तान जन्माउन मिल्ने वा नमिल्ने र सिकलसेल भएको सन्तान जन्मिहाले कसरी उपचार पद्धति अपनाउने भन्नेबारे परामर्श लिन जरुरी हुन्छ ।”
सिकलसेल भएमा छिटो–छिटो थकाई लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा तथा ढाडमा अचानक र कडा खालको दुखाइ हुने लक्षण देखा पर्नेसँगै कमलपित्त हुने, आँखाका समस्या देखापर्ने, संक्रमण भइरहने, ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्नेलगायतका लक्षण पनि देखा पर्ने अधिकृत भट्ट बताउँछन् । रगत बग्न नसक्दा शरीरका भित्री अङ्गमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरुमा खराबी भई ती अङ्गहरुमा कडा खालको दुखाइ हुने गरेको उनले उल्लेख गरे ।

सामान्यतया राता रक्तकोषहरुको आयु एक सय २० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषको आयु १० देखि २० दिनसम्मको हुने भएकाले बिरामीलाई रक्तअल्पता हुन्छ । यस रोगको मुख्य उपचार भनेको नै तालिमप्राप्त स्वास्थ्यकर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गराउनु रहेको स्वास्थ्य कार्यालयका अर्का जनस्वास्थ्य अधिकृत गणेश भण्डारीले बताए ।

यस रोगका बिरामीहरुले जीवनभर औषधि सेवन गर्नुपर्ने तथा रगत चढाउनुपर्ने उल्लेख गर्दै उनले सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोराछोरी जन्माउनका लागि बिहेवारी गर्दा ध्यान दिनुपर्ने बताए । उनका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया भएअनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ । विश्वमा करिब पाँच प्रतिशत मानिसमा हेमोग्लोविनको समस्या रहेका वाहक रहेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

त्यसमा सिकलसेल र थालेसिमिया पर्दछन् । तीन लाखभन्दा बढी नयाँ जन्मने बच्चाहरुमा हेमोग्लोविनको समस्या भएको बताइन्छ । सिकलसेलका बिरामीलाई स्वस्थ राख्नका लागि दैनिक फोलिक एसिडको प्रयो गर्नुपर्ने स्वास्थ्यर्मी बताउँछन् ।
बिरामीले प्रशस्त मात्रामा दिनको १० देखि १५ गिलास पानी पिउनुपर्दछ । बढी गर्मी र जाडोबाट बच्नुका साथै कडा परिश्रम र तनावबाट बच्नुपर्दछ । सिकलसेल जीन वाहक युवायुवती बिरामीले विवाह गर्नुअघि डिएनए परीक्षण गरी सिकलसेल भए नभएको यकिन गर्नु उत्तम हुने स्वास्थ्यकर्मी परमानन्द भट्ट बताउँछन् ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको छ । राजेन्द्रप्रसाद पनेरु/ रासस

बुधबार, फागुन ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.