धनगढी । कैलालीका केही स्थानबाट प्रहरीले १ लाख ४६ हजार ८७० मुल्य पर्ने भन्सार छलीका सामान पक्राउ गरेको छ । शनिबार साँझ कैलालीको धनगढी ३ बिशाल नगर, १२ मनेहरा शिविर नजिक, १९ खेदाघाट, गोदावरी ४ हनुमान मन्दिर नजिक र कैलारी ३ शिवरत्नपुरबाट सो मुल्यको सामान प्रहरीले पक्राउ गरेको हो ।
प्याज, चिनी, बिडी, सुर्ती, पेन्ट, साबुन, पटाका,मिठाई, बिस्कुट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ ।
एकलाख बढीको सामान पक्राउ
एकलाख बढीको सामान पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













