धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट ८ लाख ३२ हजार ५८० रुपैया मुल्य पर्ने भन्सार छलीको सामान प्रहरलिे पक्राउ गरेको छ । धनगढी ५ हसनपुर कैलारी ४ भितरियाबाट मूल्य रु.७,१८,१२०।– बराबरको समान र कञ्चनपुर जिल्लाको भिमदत्त ५ सुकाशाल र १० जिमुवाबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.१,१४,४६०।– बराबरको कस्मेटिक लगायतका सामानहरु कैलाली तथा कंञ्चनपुर प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी सो सामान पक्राउ गरेको जनाएको छ ।













