काठमाडौ । झापा, बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा बस्ने पर्शुराम पौडेलको कुखुरा फर्ममा विद्युत सर्ट भई बिहीबार आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-५ भदौरीस्थित उदय माविको अफिस कोठामा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













