धनगढी । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले बिदाको दिन पनि सेवा दिन थालेको छ ।
बिरामीको उपचारलाई असहज हुन नदिन सेवालाई निरन्तरता दिन बिदाको दिन अस्पताल खुल्ला राखेको चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुरले निशाना न्युजलाई जानकारी दिए ।
नाम दर्ता, ओपिडी सेवा,पञ्चकर्म, ल्याव ओटीका सेवा बिदाको दिन सुचारु राख्ने गरेको बैद्य अभ्यङ कर्ता कमलबहादुर धामीले जानकारी दिए । एक जना चिकित्सक सहित सो सेवा सुचारु भइ बिरामीको उपचार हुने गरेको उनले बताए ।














