धनगढी । आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सो अबसरमा स्वस्तिक अस्पतालले महिलाहरूलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा सहितको स्वास्थ्य शिविर संचालन गरेको छ। धनगढी ३ सहिद गेटमा रहेको सो अस्पतालले महिलाका लागी सो सेवा दिन स्वास्थ्य शिबिर संचालन गरेको हो ।
शिविरमा पाठेघर, छाती, पेट, मिर्गौला, हाड जोर्नी, नाक, कान, घाँटी लगायत विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिएको छ।
शिविरमा महिला तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना काफ्ले, जनरल फिजिसियन डा. सुनिल पाण्डे, मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ डा. जोनस तिवारी, मेरुदण्ड तथा हाड जोर्नी रोग विशेषज्ञ डा.उत्सव श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा. राजीव चौधरी, नाक, कान, घाटी रोग विशेषज्ञ डा. ज्ञान राज अर्याल, तथा रेडियोडायग्नोसिस विशेषज्ञ डा. रिहा ढुंगेलले सेवा दिने अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले जानकारी दिए।
स्वास्थ्य सेवाबाट बन्चित रहेका सिमान्तकृत क्षेत्रका जनताका लागि निशुल्क शिविर आयोजना गरिएको अध्यक्ष तिवारीले बताए। शिविर अन्तर्गत ओपीडी सेवा निःशुल्क प्रदान गरिएको छ भने भिडियो एक्स–रे तथा ल्याब परीक्षण सेवामा ५० प्रतिशत छुट उपलब्ध गराएको छ। साथै, शिविरमा चेकजाँच गराउने बिरामीहरूको आवश्यक अप्रेशनमा विशेष छुटको व्यवस्था गरिएको छ।













