धनगढी । कैलालीमा आगलागी हुँुदा १० लाख मुल्यको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली घोडाघोडी ८ जडै बस्ने चक्र बहादुर साउद को २ तले काठले बनेको टिनले छाएको कच्चि घरमा आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगो निभाउने क्रममा निजकी आमा लल्लु साउदको अनुहार र बाँया हात जली घाईते भई कैलाली स्थित सि.यस.अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।













