काठमाडौं । गुल्मी, रेसुङ्गा नगरपालिका-६ ठूलाघर चेक्मी बस्ने झबिलाल मरासिनिको गोठमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन
।
अर्घाखाँची, शितगंगा नगरपालिका-२ मुलावारी बस्ने जनक बहादुर खत्रीको गोठमा बुधबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथली बस्ने शिव श्रेष्ठको त्रिपुरा कृषी तथा पशुपंक्षी फर्ममा गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
महोत्तरी, बर्दिबास नगरपालिका-४ स्थित नाभ्या होटलमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा फ्रिज २ थान, एसि ३ थान लगायतका सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













