कंञ्चनपुर । कञ्चनपुरमा आगलागी हुँदा ३ लाख तिनहजार मुल्यको सामान जलेर नष्ट भएको छ ।
बिहिबार साँझ हावाहुरीको कारण कञ्चनपुर, भिमदत्त ६ उदयदेव टोल र भिमदत्त २ महुलियामा घर गोठमा आगलागी हुँदा सो बराबरको सामान जलेर नष्ट भएको हो ।
हावाहुरीका कारण ६ बस्ने कृष्ण चन्दको कच्ची घरमा आगनमा बालेकोआगोवाट आगलागी हुँदा गोठमा बाँधेको एउटा भाख्रा जली मृत्यु भएको, घर र भित्र रहेका खद्यान्न, लत्ताकपडा, भाडाकुडा लगायतका सामानहरु गरी मुल्य रु. ३,००,०००।–(तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको,प्रहरीले जनाएको छ ।
मानबिय क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
त्यस्तै भिमदत्त २ महुलिया स्थित पंकज दमाईको एक तले दुई कोठे कच्चि घरमा बिद्युतको तार सट भई आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामानहरु गरी मुल्य रु. १,०३,०००।– (एक लाख तिन हजार) बराबरको धनमाल जलेर नष्ट भएको जनाएको छ ।













