• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गणतन्त्रवादीहरुले गल्ती गरेकै कारण प्रतिगामीहरूले फाइदा लिइरहेका छन्ः प्रचण्ड

  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित

काठमाडौँ । नेकपा (माअ‍ोवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १५ गते नेपालको इतिहासमा दर्ज भइसकेको बताएका छन् ।

एकातिर गणतन्त्रवादीको सभा, अर्कोतिर राजवादीको प्रतिगामी सभा पारिएको छ, भन्दै समाजवादी मोर्चाले चैत १५ गतेका लागि जनसभा घोषणा गरिसकेपछि पनि राजावादीहरु देशमा आराजकता फैलाउन सभा गरेको टिप्पणी गरे । आफ्नै भएपनि एक दुई जना मान्छे मारेर देशमा आरजकता मच्चाउन खोजेको अध्यक्ष प्रचण्डको दावी थियो ।

मण्डलेहरुले घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुगां हानेका छन् भन्दै प्रचण्डले गणतन्त्रवादी कस्ता छन्, राजावादीहरु कस्ता छन् आजै स्पष्ट भएको बताए ।

चार दलको समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न आग्रह गरे । मधेशी, आदिवासी जनजाति, मजदुर युद्धबाट खारिएर आएका कारण अब गणतन्त्रबाट कुनै पनि हालतमा पछाडि नफर्किने दावी गर्दै उनले इतिहास कहिले पछाडि नफर्के बताए ।

ज्ञानेन्द्र शाहले अर्को गल्ती गर्यो भने भोग्न केही पनि बाँकी रहँदैन भन्दै अध्यक्ष प्रचण्डले खबरदारी गराए । उनले भने, हामी विगतमा केही न केही त्रुटि गरेका कारण यो समस्या आएको हो, हामीे गणतन्त्रवादीले जनताको हितमा काम नगरेका कारण मिल्काई सकेका तत्वहरुले शिर उठाइरहेको उनको भनाइ छ ।

गल्तीबाट पाठ सिकेर जनताको पक्षमा अर्को नयाँ क्रान्ति घोषणा गर्र्ने बताउँदै उनले आफ्नो गल्ती सच्याउँदै आत्मसमीक्षा गरेर जनतासँग जोडिने बताए । कमजोरी सच्याएर गणतन्त्रलाई पूर्ण रुप दिनका लागि नयाँ आन्दोलन गर्न चाहेको बताउँदै उनले आफ्नो पार्टीभित्र र मोर्चाभित्र छलफल गर्दा एउटा अर्को क्रान्तिको आवश्यकता रहेको बताए ।

पुँजीपतिहरुले अतिवादीहरुलाई उचाल्ने काम गरिरहेकाले अर्को क्रान्ति गरेर सबै सामन्तीवादलाई समाप्त गर्न आवश्यक रहेको उनको टिप्पणी थियो । प्रचण्डले बिचौलियाहरुको सेटिङ भत्काउनै पर्छ भनेर आफू लागेका कारण सबै मिलेर सरकारबाट बाहिर जान बाध्य पारेको दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोली नर्कतिर गएको बताउँदै अध्यक्ष प्रचण्डले आफूलाई जनतातिर फर्काइ दिएको भनि धन्यवाद पनि दिए । प्रचण्डले कुलमान घिसिङसम्म आउँदा प्रधानमन्त्री ओलीको सबै कुरा स्पष्ट भइसकेको बताउँदै यो व्यक्तिको लडाई नभई प्रवृतिको लडाई, कुशासनविरुद्धको लडाई भएको धारणा राखेका थिए ।

जनतामा किन यति आक्रोश देखिएको छ, त्यसको समिक्षा गर्नु आवश्यक रहेको बताउँदै उनले संविधान निर्माणको सहयोगी भएका कारण अहिलेसम्म खबरदारी गर्दै आएको हो, यदि अहिले पनि सुध्रिनु भएन भने क्रान्तिबाट तपाईहरुलाई पनि बढारेर जाने र क्रान्ति तपाइहरुतिर सोझ्याउन नपरोस् भन्दै जनताको पक्षमा काम गर्न आग्रह गरे ।

उनले आत्मलोचनासहित समाजवादी मोर्चासँग सहकार्य गर्न आउन आग्रह गर्दै कुलमानको विषय व्यक्तिको विषय नभई, कुशासन र सुशासनको विषय हो, त्यसको जवाफ संसदमा दिन प्रधानमन्त्रीलाई भनेको थिएँ तर प्रधानमन्त्री आउन नमानेको प्रचण्डको टिप्पणी थियो । जवाफदेहीताबाट प्रधानमन्त्री अ‍ोली भाग्न खोजेको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले जवाफ दिएनन् भने आन्दोलन अझै अगाडि बढ्ने चेतावनी दिए ।

उल्टोउल्टो काम गरेको देख्दा उनी राजावादीसँग त मिलेका छैनन् भन्दै उनले विगतमा पनि प्रधानमन्त्री ओलीले गणतन्त्रकोविरुद्धमा अभिव्यक्ति दिएको दावी गरे । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीमा अहंकार छ, उहाँ जवाफ दिन आउनु हुन्न भन्ने मलाई थाह छ ।’

काँग्रेस र एमालेले संविधान संशोधन गर्ने भनि ठूलोठूलो कुरा गरे, सबैलाई लागेको थियो संविधान संशोधन हुन्छ तर, उनले गठबन्धन बनाएर नौटकीं गरेको कुरा पुष्टि भएको बताउँदै उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलको बिचमा समीक्षा हुनुपर्छ अनि मात्र संविधान संशोधन गरिने बताए ।

संविधान कसैको अधिकार खोस्नका लागि होइन, अधिकार दिनका लागि संविधान संशोधन हुनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले संविधानमा देखिएको कमीकमजोरी सच्याउन चाहेको बताए । निरकुंशबाट रैती भइसकेको व्यक्ति फेरि फर्किने दुस्साहस गरे भने एउटा अर्को क्रान्ति हुन्छ र त्यसको तयारी भइरहेको बताउँदै उनले काँग्रेस र एमालेबाट आफूहरुमा सरेको रोग ठिक गर्न जनतामा गएको धारणा राखे ।

अध्यक्ष प्रचण्डले स्थानीय तहबाट समाजवादीको भ्रुण रोपिने र आर्थिक समृद्ध हुँदै आत्मनिर्भर बन्ने बताउँदै कुनै विदेशीको अगाडि नझुक्ने दावी गरे । रातोपाटीबाट

 

शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.