धनगढी । कैलालीका केही स्थानमा आगलागी हुँदा १६ लाख बढीको सामान जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका–३ मा विवेक भट्टले सञ्चालन गरेको विवेक फिड इन्ड्रष्ट्रिज प्रालिको पानी बोइलर मसिनमा शुक्रवार एक्कासि आगलागी हुँदा करिब १६ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका–९ धनचौरी बस्ने गणेश बलायरकोे गोठमा आगलागी हुँदा गोठमा रहेका दुई वटा बाख्रा जलेर मृत्यु भएका र तीन बाख्रा भने घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ८० हजार बराबरको क्षति भएको बताईएको छ।
त्यस्तै, भजनी नगरपालिका–७ पृथ्विपुर गौडी बस्ने मटरु यादवको कच्ची भान्साबाट हावाको कारणले नजिकै रहेका अन्य ५ वटा कच्ची गोठहरूमा आगलागी भएको प्रहरीले जनाएको छ। क्षेतिको बिबरण भने आउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














