काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ स्थित ७ नम्बर पिल्लर गड्डाचौकी नजिकै पार्किङ गरी राखेको सु.प.प्र. ०२००१ ह २९१८ नम्बरको अटोमा आइतबार दिउँसो आगलागी हुँदा अटोको पछाडीको भाग जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।ताप्लेजुङ, सिरीजङघा गाउँपालिका-४ खेसेवा बस्ने सन्तोष लिम्बुको भान्सा घरमा शनिबार राति आगलागी हुँदा नगद, अन्नपात, काठपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सरसामान गरी करिब ९७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













