धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्राविधिक समस्या समाधान गरि प्रक्रिया अगाडी बढाउन सकिने बताएका छन् ।
सोमबार मुख्यमन्त्री निवासमा पुगि जग्गा प्राप्ती कार्यदलले दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा प्राप्तिका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन सहित पहल गरिदिन मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
कार्यदलको ज्ञापनपत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सम्बन्धित मन्त्रालयका मन्त्रीसँगको छलफल पश्चात दुग्ध विकास संस्थान कहाँ स्थापना गर्ने भन्ने विषयमा छलफल गरिने बताए । उनले सञ्चालनका लागि केही प्राविधिक समस्या भए ती कुरा सुल्झाएर मात्र के कसरी अगाढी बढाउन सकिन्छ त्यस तर्फ लाग्ने बताए ।













