सिराहा । लहान नगरपालिका-१ सिङ्ग्राही डेरा गरी बस्ने सुरूङ्गा नगरपालिका-११ घर भएका परमानन्द चौधरीको छोरा १२ वर्षीय सुशिल चौधरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आँगनमा रहेको कलमा जडान गरेको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ लाईन केयर अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













