धनगढी । कैलालीमा आगलागीबाट ३ लाख ५ हजारको सामान जलेर नष्ट भएको छ । कैलालीको लम्कीचुहा न.पा.-३ ढुङगेवजार बस्ने भिम बहादुर पोख्रेलको दुई तले कच्चीघरमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
घर भित्र रहेका ११ आना सुन, लुगाकपडा, अन्न, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।













