• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै

  •   मङ्गलबार, बैशाख १०, २०८२ मा प्रकाशित

धनगढी । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ”, उनी भन्छन् “बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।”

वर्षात्का समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैते धान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । “हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन”, सोही ठाउँका बलदेव चौधरी भन्छन् “चैते धान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छभने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैते धानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताउछन् । “परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठूलो सहुलियत पाएका छन् । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ”, उनले भने, “गत वर्ष करिब पाँच सय हेक्टरमा चैते धानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।”

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैते धान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बीउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कानुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । “एकिन तथ्याङ्क त सङ्कलन भइसकेको छैन, त्यहीँ एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले दुई सय ५० हेक्टरमा सहयोग गरेको छ”, उनले भने, “जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।”

भजनीमा २०६३ सालमा आएको बाढीका कारण रु एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैते धान सुरु गर्न थालेको विष्ट बताउछन् । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महँगो हुने गरेको उनको भनाइ छ । “अहिलेको सिजनमा सिँचाइको सहज पहुँच हुँदैन, जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्न महँगो पर्छ”, उहाँले भन्नुभयो, “सिँचाइमा सहजताका लागि हामीले बिजुलीमा सहुलियतका लागि किसानलाई सहयोग पुग्नेगरी कार्यक्रम बनाइरहेका छौँ ।” किसानलाई धान बाली भित्र्याउन र धान सुकाउन आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान केन्द्र रहेको विष्टले बताए । सरकारले चैते धानको प्रतिक्विन्टल रु दुई हजार ८००।६९ समर्थन मूल्य तोकेको छ ।

  • चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै
मङ्गलबार, बैशाख १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.