काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलर एकको खरिद दर १ सय २९ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय २९ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा र बिक्री दर १ सय २६ रुपैयाँ ७९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।























