मोरङ । ग्रामथान गाउँपालिका-५ ककरमाडी बस्ने सिताराम चौधरीको भान्छा तथा गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














