• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

प्रतिगामीहरूलाई गतिलो जवाफ दिने समय आउदै छ : प्रचण्ड

  •   शनिबार, बैशाख २१, २०८२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने समय एक दिन आउने बताएका छन् । त्यो २०८४ कै चुनाव सम्म आईसक्ने उनको धारणा छ ।

शनिबार काठमाडौँमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिहरूलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिने समय आउने बताएका हुन् । अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठुलो आन्दोलन समेत गर्ने उनको भनाई थियो ।

प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशीलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे । उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको दाबी गरे ।

प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठुलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको अभियानहरू, सम्मेलनहरू अधिवेशनतिर जाने प्रक्रियाहरू विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशनहरू जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी पर्‍यो भने ठुलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धिहरूलाई खोस्ने दुःसाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ ।

अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनपर्छ भनेर अभियान रोकेर काठमाडौँ आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठुलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्‍यौँ अहिलेलाई । यो फेरि पनि वितण्डा गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशीलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय सङ्गठनहरूसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताए । उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गरे ।

उनले भने, ‘हामीले हाम्रो समीक्षामा के कुरा गर्‍यौँ भने हाम्रो विचारलाई हाम्रो राजनीतिक एजेन्डालाई हाम्रो वर्ग र समुदायलाई जति दरोसँग हामी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरूसँग सम्बन्ध बनाइ राख्नुपर्ने थियो, उनीहरूलाई गतिशील गरिराख्नुपर्ने थियो । उनीहरूको भूमिकालाई सबैतिर स्थापित गरिराख्नुपर्ने थियो त्यहाँ हाम्रो कमी भयो । र यो कमीको परिणाम माओवादी पार्टी र आन्दोलनका एजेन्डाहरू कमजोर पर्न गए, यो महसुस हामीले गर्‍यौँ । मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्नु अगाडि नै यी विषयमा विचारमा पनि कहीँ न कहीँ कमजोर भएको महसुस गरियो ।

राजनीतिक एजेन्डामा पनि वर्ग समुदायमा पनि समीक्षा नगरीकन र यथास्थितिलाई तोडेर नयाँ ढङ्गले जनसम्पर्क नगर्ने हो भने हाम्रा हजारौँ शहीद, अपाङ्ग घाइतेहरूलगायतको योगदानले प्राप्त गरेको समावेशी समानुपातिकसहितको गणतन्त्र संघीयता पनि धरापमा पर्न सक्छ भन्ने महसुस लिडरसिपको हैसियतले मलाई दुई अढाई वर्ष अघि नै गहिरो गरी भएको थियो ।

त्यसकारण एउटा संकल्प हामीले गर्‍यौ नेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त छ, हामीले केही जनतामा आशा जगाउने रेकर्ड बनाउनैपर्छ भनेर भ्रष्टाचारका विरुद्धको अभियान सचेतरुपले छेडेकै हो । सुशासनको पक्षमा रेकर्ड बनाउने गरी काम गरिएको हो । सामाजिक विभेदको एउटा युद्ध फेरि नयाँ आन्दोलन गर्नुपर्छ छेड्नु पर्छ भनेर नै सामाजिक न्यायको कुरा उठाइएको हो ।’

 

  • प्रचण्ड
शनिबार, बैशाख २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.