• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

प्रतिगामीहरूलाई गतिलो जवाफ दिने समय आउदै छ : प्रचण्ड

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने समय एक दिन आउने बताएका छन् । त्यो २०८४ कै चुनाव सम्म आईसक्ने उनको धारणा छ ।

शनिबार काठमाडौँमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिहरूलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिने समय आउने बताएका हुन् । अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठुलो आन्दोलन समेत गर्ने उनको भनाई थियो ।

प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशीलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे । उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको दाबी गरे ।

प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठुलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको अभियानहरू, सम्मेलनहरू अधिवेशनतिर जाने प्रक्रियाहरू विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशनहरू जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी पर्‍यो भने ठुलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धिहरूलाई खोस्ने दुःसाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ ।

अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनपर्छ भनेर अभियान रोकेर काठमाडौँ आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठुलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्‍यौँ अहिलेलाई । यो फेरि पनि वितण्डा गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशीलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय सङ्गठनहरूसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताए । उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गरे ।

उनले भने, ‘हामीले हाम्रो समीक्षामा के कुरा गर्‍यौँ भने हाम्रो विचारलाई हाम्रो राजनीतिक एजेन्डालाई हाम्रो वर्ग र समुदायलाई जति दरोसँग हामी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरूसँग सम्बन्ध बनाइ राख्नुपर्ने थियो, उनीहरूलाई गतिशील गरिराख्नुपर्ने थियो । उनीहरूको भूमिकालाई सबैतिर स्थापित गरिराख्नुपर्ने थियो त्यहाँ हाम्रो कमी भयो । र यो कमीको परिणाम माओवादी पार्टी र आन्दोलनका एजेन्डाहरू कमजोर पर्न गए, यो महसुस हामीले गर्‍यौँ । मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्नु अगाडि नै यी विषयमा विचारमा पनि कहीँ न कहीँ कमजोर भएको महसुस गरियो ।

राजनीतिक एजेन्डामा पनि वर्ग समुदायमा पनि समीक्षा नगरीकन र यथास्थितिलाई तोडेर नयाँ ढङ्गले जनसम्पर्क नगर्ने हो भने हाम्रा हजारौँ शहीद, अपाङ्ग घाइतेहरूलगायतको योगदानले प्राप्त गरेको समावेशी समानुपातिकसहितको गणतन्त्र संघीयता पनि धरापमा पर्न सक्छ भन्ने महसुस लिडरसिपको हैसियतले मलाई दुई अढाई वर्ष अघि नै गहिरो गरी भएको थियो ।

त्यसकारण एउटा संकल्प हामीले गर्‍यौ नेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त छ, हामीले केही जनतामा आशा जगाउने रेकर्ड बनाउनैपर्छ भनेर भ्रष्टाचारका विरुद्धको अभियान सचेतरुपले छेडेकै हो । सुशासनको पक्षमा रेकर्ड बनाउने गरी काम गरिएको हो । सामाजिक विभेदको एउटा युद्ध फेरि नयाँ आन्दोलन गर्नुपर्छ छेड्नु पर्छ भनेर नै सामाजिक न्यायको कुरा उठाइएको हो ।’

 

  • प्रचण्ड
शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.