काठमाडौं ।रौतहट, गढीमाई नगरपालिका-५ बलुवा मदनपुर बस्ने हरि साहको गोठमा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ
।
बैतडी, दशरथचन्द नगरपालिका-१ गुरूखोला बस्ने केशब दत्त भट्टको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब १३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्टभएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













