धनगढी । कैलालीमा एक जना फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनुज दहित रहेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.३,३३४।(तिन हजार तिन सय चौतीस रुपैया) जरिवाना तोकिएको धनगढी ६ बस्ने बर्ष २१ को दहितलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगनाबाट पक्राउ गरेको हो ।























