• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो ।

कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ७४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकामा वैशाख मसान्तसम्म रु ४९ करोडमात्र सङ्कलन गरेकोे छ । सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लैजाने गरेकामा आर्थिक मन्दीले आयातनिर्यात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताए ।

“कोरोनापछि निर्यात शून्य छ भने आयात पनि कम भएको छ । सोहीकारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकिरहेको छैन”, उनले भने, “विभागले बर्सेनि राजस्व सङ्कलनको लक्ष्य बढाउने गरेको छ, यो साना भन्सार भएकाले हामीलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कठिनाइ हुन्छ ।”

प्रमुख काफ्लेका अनुसार यहाँ ठूलो परिणाममा कारोबार नहुने तथा ठूला मालवाहक सवारीसाधन नआउने भएकाले न्यून राजस्व सङ्कलन हुने गरेको छ । शारदा ब्यारेज सीमित समयका लागि मात्र खुला हुने भएकाले पनि राजस्व सङ्कलनमा असर परेको उनको भनाइ छ ।

कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा रु ५२ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४६ करोड, आव २०७९र८० मा रु ५८ करोड लक्ष्य राखेकामा रु ४२ करोड, आव २०८०र८१ मा रु ५९ करोड लक्ष्य राखेकामा रु ५४ करोड मात्र राजस्व सङ्कलन भएको थियो । चालु आवमा वैशाख मसान्तसम्मको राजस्व हेर्दा लक्ष्यअनुसार सङ्कलन नहुने भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय र करसेवा कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म सुदूरपश्चिममा रु पाँच अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

डोटीमा दुई दशमलव ४५ प्रतिशत र कञ्चनपुरमा शून्य दशमलव ९३ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको छ । लम्कीमा १६ दशमलव छ प्रतिशत, कैलालीमा चार दशमलव १३ प्रतिशत र अछाममा दुई दशमलव ९४ प्रतिशत राजस्व सङ्कलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विजय भुसालका अनुसार कञ्चनपुरमा निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु, कारोबार घट्नु तथा अन्तःशुल्कमा पनि कमी आएकाले राजस्व घटेको हो । अघिल्लो आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८२ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८१ करोडमात्र राजस्व सङ्कलन भएको छ । उनले भने, “हामीले तथ्याङ्क हेर्दा रु पाँच करोडभन्दा बढी कारोबार गर्ने करदाताको चैत मसान्तसम्मको कारोबार अघिल्लो आवको भन्दा रु तीन अर्ब ६० करोडको हाराहारीमा घटेको देखिन्छ ।”

सुदूरपश्चिम सरकारले आवको सुरुआतमा बजेट शून्यताको अवस्थाबाट गुज्रिनुपरेका कारण पनि राजस्व सङ्कलनमा असर परेको होे । बजेट पारित नहुँदै प्रदेश सरकार अल्पमतमा परेपछि प्रदेशले एक महिना बजेट शून्यता खेप्नुपरेको थियो । जसले गर्दा सबैखाले आर्थिक गतिविधि ठप्प भएका थिए । यसले पनि राजस्व सङ्कलनमा ठअसर पारेको सरकारी अधिकारीहरू बताउँछन् । सुदूरपश्चिममा व्यापारिक नाका नभएकाले यहाँ राजस्व सङ्कलन हुन नसकेको स्थानीय व्यवसायी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्यमात्र बढाउने तर कारोबार बट्दै जाँदा राजस्व सङ्कलनमा कमी आएको बताए ।

“सुदूरपश्चिममा व्यापारिक नाका छैनन् । पश्चिमीनाका गड्डाचौकी सानो छ, शारदा ब्यारेज सीमित समयका लागि मात्र खुल्छ, ठूलो मात्रामा व्यवसायीका सामान आउँदैनन्”, मल्लले भने, “अहिले व्यापार व्यवसायमा कमी आउनु, राजस्व सङ्कलनको लक्ष्य बढ्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो ।” सरकारले नाकामा हुने चोरी, तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुने उनले बताए । रासस

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.