अछाम । अछामको साँफेबगर र एयरपोर्ट बजारमा बजार अनुगमनटोलीले म्याद नाघेका खाद्य बस्तु तथा पेयपदार्थहरु फेला पारेको छ । आज अनुगमन टोलीले साँफेबगर नगरपालिका वडा ३ स्थित रहेको हाटबजार र ४ मा रहेको एयरपोर्ट बजारमा अनुगमन गर्दा सो सामान फेला पारेको हो ।
साँफेबगर नगरपालिकाका उप-प्रमुख शिव बहादुर कुँवरको नेतृत्वमा, २२ जनाको टोलीले बजार अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।
उक्त अनुगमनको सुरक्षार्थका लागि यस इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट प्रहरी निरीक्षक उमेश बहादुर चन्दको कमाण्डमा- ८ जनाको प्रहरी टोली पनि खटिगएको, उनले बताए ।
अनुगमनको क्रममा म्याद नाघेका खाद्य बस्तु तथा पेयपदार्थहरु बिक्रिवितरण नगर्न हुन भनि जानकारी गराउनुका साथै म्याद नाघेका माल सामानहरुको बरामद गरि रितपूर्वकको मुचुल्का गरि उक्त मालसामानहरु साँफेबगर नगरपालिकाको कार्यालयमा नष्ट गर्ने गरि राखिएको उनले बताए ।
अनुगमन टोली ले फेला पारेको म्याद नाघेका सामान हरुमा ,ओपो चाउचाउ २९ पेटी ,६ फेस क्रिम ,३ पिस बिभिन साईजका बुष्ट जुस र फुट जुस ९७३ पिस ७ बिभिन्न कम्पनीको बियर ४१ बोतल ओखती कलगेट ७ पिस ८ रक्सी ९ बोतल फेसवास ९ पिस, ९ कोकोनट बिष्कुट ,५ दर्जन पालिस कालो र खैरो १४ पिस १० कपडामा हाल्ने रंग १२ पिस रहेको उनले बताए ।














