धनगढी । अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा ‘पातल’लाई ४१ बुँदे ज्ञापनपत्र बुझाएको छ। बुधबार कृषि क्षेत्रका विभिन्न माग राख्दै महासंघले ज्ञापनपत्र बुझाएको हो ।
कृषि तथा किसानसँग सम्बन्धित विषयहरूलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गराउने उदेश्यले ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष मदन रेग्मीले बताए ।
ज्ञापनपत्रमा साना तथा मध्यम किसानहरूको हित संरक्षण, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय बीउ तथा मलको सुनिश्चितता, कृषि उत्पादनको मूल्य स्थायित्व, बजारीकरण, सहुलियतपूर्ण ऋण पहुँच, अनुदानको पारदर्शी वितरण, प्राविधिक सेवाको विस्तार, युवा लक्षित कृषि कार्यक्रम लगायतका मागहरू समेटिएको उनले बताए ।
महासंघले प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम र बजेट किसानमुखी, व्यवहारिक तथा कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिँदै प्रस्तुत ज्ञापनपत्रलाई गम्भीरतापूर्वक ग्रहण गर्न मन्त्री थापालाई आग्रह गरे । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले महासंघले राखेका माग सम्बोधन गर्न विशेष पहल गर्ने बताए ।
यस्ता छन मागहरू


















