काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक हुँदै छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।
नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुसार बजेट सार्वजनिक हुन लागेको हो ।













