धनगढी । सरकारले पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । उक्त सडक स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको हो । बिहीबार आव २०८२।८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।
बजेट भाषणमा उनले भने ‘गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छु ।’













