धनगढी । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ११ः५० को समयमा शाहीको घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।













