धनगढी । सुदूरपश्चिममा थप तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गौरीफन्टामा ३४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जनाका कोभिड संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोभिड संकमण हुनेको संख्या १९ पुगेको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रकाअनुसार हालसम्म कोभिड संक्रमण निको हुनेको संख्या नौ रहेको छ ।
भारतमा कोरोना संक्रमण बढीरहेका बेला भारतबाट नेपाल फर्किकाहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।













