• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

धनगढी उपमहानगरमा घरदैलोमै विशेषज्ञ सेवा

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित

धनगढी । धनगढी–३ की ७२ वर्षीया गौरा मल्ललाई न्यून रक्तचापले पटकपटक अस्पताल धाउनुपर्ने बाध्यता थियो । अस्पताल जानका लागि यातायातको साधन पनि सजिलै पाउन कठिन थियो । बल्ल बल्ल अटो भेटिएर अस्पतालसम्म पुगे पनि उपचार निकै खर्चिलो थियो । ‘डाक्टर भेट्नलाई पनि पैसा पथ्र्यो,’ उनले भनिन्, ‘औषधि र जाँचको लगाएर महिनामै २÷३ हजार रुपैयाँ खर्च लाग्थ्यो ।’

धनगढी –७ की ४६ वर्षीया कमली बिकलाई तल्लो पेट दुःख्ने समस्याले बारम्बार सताइरहन्छ । उनले कहिले सरकारी अस्पताल त कहिले निजी क्लिनिकमा गएर उपचार गराउने गरेकी थिइन् । पहिले अस्पतालसम्म पुग्नै गाह्रो र अस्पताल पुगेपछि उपचार गराउन निकै महंगो थियो । ‘५÷६ हजार रुपैयाँ नभएर अस्पताल जान नै नसकिने अवस्था थियो,’ उनले भनिन्, ‘पटकपटक यत्तिको खर्च गर्न गाह्रो थियो ।’

धनगढी उपमहानगरपालिकाले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेपछि बिक र मल्लको यो समस्या केही हदसम्म अन्त्य भएको छ । उनीहरुले आफ्नै वडामा निःशुल्क रुपमा विशेषज्ञ डाक्टरको परामर्श, केही औषधि र जाँच सेवा पाएका छन् । वडाकै स्वास्थ्य केन्द्रमा वडा क्लिनिक आएको बेला स्वास्थ्य सेवा लिने गरेको मल्लले बताइन् । ‘घर नजिकै छ, हिडेरै पुग्छु,’ मल्लले भनिन्, ‘डाक्टर भेट्न पनि पैसा पर्दैन । केही औषधि निःशुल्क दिन्छन् । केही औषधि लेखेर दिन्छन् । पर्चामा लेखेको औषधि छोरालाई ल्याइदिन भन्छु ।’

वडामा विशेषज्ञ क्लिनिक आउन थालेपछि अस्पताल गएर जाँच गराउनुपर्ने समस्या टरेको बिकले बताइन् । उनले क्लिनिकमा ल्याब जाँच र केही औषधिहरु निःशुल्क पाइने भएको हुँदा उपचारका लागि पहिले जस्तै धेरै खर्च गर्नुपर्ने बाध्यता हटेको बताइन् ।

मल्ल र बिकले जस्तै १९ हजार ११४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकले विशेषज्ञ वडा क्लिनिकबाट स्वास्थ्य सेवा लिएका छन् । धनगढी उपमहानगरपालिकाका विशेषज्ञ वडा क्लिनिकका इञ्चार्ज कृष्ण बोहराले सबै उमेर समूहका सेवाग्राहीलाई विशेषज्ञ वडा क्लिनिकबाट सेवा दिए पनि ज्येष्ठ नागरिकलाई विशेष ग्राह्यता दिएर उपचार सेवा दिने गरेको बताए ।

उनका अनुसार वडा क्लिनिकबाट १६ हजार २४४ जना गर्भवती महिलाले सेवा लिएका छन् । गर्भवती महिलामध्ये आठ हजार ६५७ जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन् । उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकको लागि छुट्टै गाडी व्यवस्था गरी गाडीमै प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी लगायतका सामाग्री ढुवानी गर्ने व्यवस्था मिलाएको छ । हरेक महिना विशेषज्ञ वडा क्लिनिकको क्यालेण्डर सार्वजनिक गरी प्रत्येक वडामा महिनाको एकपटक सेवा दिने गरेको इञ्चार्ज बोहराले बताए ।

२०७९ को स्थानीय निर्वाचनमा विजयी भएपछि नगरप्रमुख गोपाल हमालले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्ने निर्णय गरेका थिए । उनले सो निर्णय कार्यान्वयन गर्दै २०७९ साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सेवा सुरु गरेका थिए । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले सो क्लिनिक उद्घाटन गरेका थिए भने सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अल्ट्रासाउण्ड मसिन सहयोग गरेको थियो ।

सामान्य उपचारका लागि घरको जिन्सी सामान बेचेर ग्रामीण क्षेत्रका नगरवासीले अस्पताल जानुपर्ने बाध्यता हटाउने सोचका साथ नगरप्रमुख हमालले सुरु गरेको विशेषज्ञ वडा क्लिनिकले विपन्न नगरवासीलाई सहज भएको छ । आफ्नै घर नजिकै उपचार सेवा पाउँदा खुसी लागेको गौरा मल्लले बताइन् ।

२०८१ चैत्र मसान्तसम्म कुल एक लाख २७ हजार ८८३ जनाले विशेषज्ञ वडा क्लिनिकबाट उपचार सेवा लिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जनरल फिजिसियन डाक्टरबाट ६५ हजार ५६१ जना, स्त्रीरोग विशेषज्ञबाट २४ हजार ६०९ जना, आँखा उपचार सेवा ३४ हजार ६४३ जनाले लिएको इञ्चार्ज बोहराले बताए ।

वडा क्लिनिकमा सेवा लिनेमध्ये २९ हजार ७५ जना प्रशोगशाला र छ हजार ४१४ जनाले इसिजी सेवा लिएका छन् । सेवा लिन आएका ११ हजार ३४३ जनालाई रेफर गरी अस्पताल पठाइएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नियमित रुपमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुँदा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीलाई उपचारमा सहज भएको इञ्चार्ज बोहराले बताए । उनले आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकले पनि घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार पाइरहेको बताए ।

उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न मासिक दुई लाख रुपैयाँ विशेषज्ञ डाक्टरको सेवा शुल्कमा खर्च गर्दै आएको छ । इञ्चार्ज बोहराले नेपाल सरकारबाट निःशुल्क वितरण गर्ने भनी तोकिएको औषधिहरु नै विशेषज्ञ वडा क्लिनिकमा वितरण गर्दै आएकोले औषधि खर्च एकीन नरहेको बताए । उनले गेटा आँखा अस्पतालको सहकार्यमा वडा क्लिनिकमा आँखा जाँच सेवा समेत दिँदै आएको बताए ।

वडा क्लिनिक सुरु गरेको वर्ष उपमहानगरपालिकाले हाडजोर्नी र दाँत रोग सम्बन्धी विशेषज्ञ सेवा समेत दिइरहेको थियो । तर, बजेटको अभावले गर्दा सो सेवाहरु दोस्रो वर्षदेखि वडा क्लिनिकमा समावेश नरहेको इञ्चार्ज बोहराले बताए । उनका अनुसार हाडजोर्नी सम्बन्धी सेवा १०९ र दाँत उपचार सेवा दुई हजार ९६१ जनाले लिएका थिए ।

 

  • विशेषज्ञ सेवा
आइतबार, असार ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.