• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

किसान सहकारीका कारण मासिक २५ हजार कमाउँदै राधा

  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने राधा चौधरी आजकाल कुखुरापालन व्यवसायमा व्यस्त हुन्छिन् । उनले स्थानीय जातका कुखुरापालन गरेकी छन् । आर्थिक अभावका कारण विभिन्न समस्या झेलेकी राधाले अहिले कुखुरापालनबाट राम्रै आम्दानी गर्ने गरेकी छन् । विभिन्न समस्याले नै आफूलाई व्यवसायी बनाएको उनी बताउँछिन् ।

उनले भनिन् ‘के गरौँ, कसो गरौँ, कामको खोजीमा भौतारिँदै थिए । आर्थिक अवस्था कमजोर थियो । छोरा स्कुल भर्ना गर्ने सम्मको भइसकेको थियो । पछि मैले सोच बनाए अरुकोमा काम खोज्नु भन्दा आफै संघर्ष गरेर सानो खोकाको व्यापारसँगै तरकारीखेती गर्नुपर्छ ।’

‘श्रीमान अन्य काम गर्नुहुन्थ्यो । छोराको भर्ना गर्ने समय पनि आइसकेको थियो । जसोतसो भर्ना गरियो । दिनभरी फुर्सद हुन थालेपछि खोकाको व्यापारले केही होला जस्तो लागेन्’ उनले भनिन् ‘माइतीबाट ३ हाँस र दिदीको घरबाट कुखुराको भालेपोथी,अन्य दुईवटा भालेपोथी गाउँवाट किनेर ल्याय,त्यसपछि हाँस र कुखुरा पाल्न थाले ।’

उनले भनिन् ‘पछि म किसान बहुउदेश्यीय सहकारी संस्था धनगढी शाखाको शेयर सदस्य भए । आफ्ना शेयर सदस्यलाई किसानले ऋण दिँदो रहेछ । मैले सोचे किसानबाट ऋण लिएर व्यापार बढाउनु पर्छ ।’

उनले भनिन् ‘पहिलो किस्ता ८० हजार ऋण लिए । कुखुराको खोर र खोकाको व्यापारमा लगानी गरे । दोस्रो किस्ता एक लाख लिए कुखुरा बढाए । तेस्रो किस्ता ५ लाख लिए त्यो लगानी पनि कुखुरामै लगाकी छु ।’

अहिले आफूसँग १ सय ६० वटा स्थानीय जताका कुखुरा र ५० वटा हाँस रहेको उनले बताइन् । उनले अगाडि थपिन् ‘प्रति कुखुरा ७५० मा बेच्ने गरेकी छु । हाँस ६५० मा बेच्छु । मासिक ४० हजार सम्मको कारोबार भइरहेको छ । २५ हजार जति बचत हुन्छ ।’

उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको बताइन् । किसान सहकारी संस्था नभइ दिएको भए यो अवस्थासम्म पुग्न नसकिने उनी बताउँछिन् । कुखुरापालन व्यवसायबाट भएको आम्दानीले सहकारीलाई मासिक २० हजार सावा र व्याजसहित तिर्ने गरेको उनको भनाइ छ ।
‘३ हजार ५ सय छोराको खुत्रुके र पेन्सन बचतमा जम्मा गर्छु । यो १६ बर्षे योजना हो । लगभग त्यसमा पनि ५ लाख जति बचत भएको होला’ उनले भनिन् ‘किसान सहकारीले दिएको यो खुशी मैले कहिल्यै पनि बिर्सन सक्दिनँ ।’

‘तपाई राम्रो गर्नसक्नु हुन्छ । यहाँबाट ऋण लिएर व्यापार बढाउनुहोस् भनेर किसान सहकारीबाट भन्नुभयो’ उनले भनिन् ‘सोही अनुसार मैले पनि ऋण लिएर व्यापार वढाउन तिर लागे । अहिले किसान हामी जस्ताको साथी नै बनेको छ ।’

किसानले सहकारीबाट पनि आफू सम्मानित भएको उनले बताइन् । उनले भनिन् ‘अहिले राम्रै भइरहेको छ । यो व्यवसायबाट बचत र ऋण तिर्नसम्मको भइरहेको छ । धेरै खुशी र सन्तुष्ट छु ।’

‘काम सानो ठुलो हुँदैन,काम जे पनि ठूलै हुन्छ’ उनले भनिन् ‘प्रगति गर्नु छ भने संघर्षसँगै सही कर्म गर्न आवश्यक छ । मसँग के थियो र ? माइती र दिदीको घरबाट ल्याएको कुखुरा पालन तिर लागेकी थिए । किसानको साथ पनि भयो । आफूुले राम्रो कर्मसँगै संघर्ष पनि गर्दे गएका कारण जीवन यापनमा सहज भएको छ ।’ कुखुरापालन व्यवसायलाई अझै बढाउने योजना रहेको उनले बताइन् ।

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.