• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

टीकापुर । बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।

टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेका छन्। यसका साथै प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ।

टीकापुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने, कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन्। टीकापुरमा अहिले ३० बालबालिका शीघ्र कुपोषण भएका र एक सय २० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्याङ्क छ।

स्वास्थ्यकर्मी नै समुदायमा तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको सङ्ख्या बढी देखिएको छ।

विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन्। टीकापुर वनगाउँकी मीना चौधरीको दोस्रो बच्चा १५ महिनाको छ। उनको बच्चालाई कुपोषण भएको छ। पन्ध्र महिनामा छ केजीमात्र तौल भएपछि टीकापुर अस्पतालमा उपचारपछि उपचारात्मक तयारी खाना खुवाइरहेकी छन्। एक महिना नियमित खाना खुवाएपछि एक केजी तौल बढेको छ।

चिकित्सकका अनुसार तीन महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ। विगतमा राम्ररी बच्चा स्याहार गर्न नसकेकी मीना आजभोलि बच्चाकै स्याहारमा लागिरहेकी छन्। “गाउँघर क्लिनिकमा बच्चाको वृद्धि अनुगमनका बेला स्वास्थ्यकर्मीले शीघ्र कुपोषण भएको छ”, उनले भनिन्, “पहिलो बच्चा स्वस्थ थियो, दोस्रो बच्चा राम्ररी हुर्काउन सकिएन, अहिले तयारी खाना खुवाइरहेकी छु।”

प्रादेशिक अस्पताल टीकापुरमा शीघ्र कुपोषण भएका छ बच्चाले हाल तयारी खाना खाइरहेका छन्। अस्पतालमा वडावडामा हुने वृद्धि अनुगमन र बहिरङ्ग कक्षमा उपचार सेवा लिन आएका बच्चाबाट पहिचान भएका बच्चाको पोषण सुधारका लागि उपचार र खाना खुवाउने गरिएको अस्पतालका नर्सिङ निरीक्षक निलम रावल बताउँछिन्।

“यसरी आउने बच्चामा मध्यम शीघ्र कुपोषण देखिएकालाई ६० प्याकेट बालभिटा दिएर उपचार गर्ने गरिएको, पोषणको महत्वबारे आमा र परिवारका सदस्यलाई सचेत गराउने गरेका छौँ”, रावल भन्छिन्, “शीघ्र कुपोषण भएकालाई उपचारात्मक तयारी खाना दिन्छौँ।”

यसका साथै यसरी कुपोषण भएका बच्चाको उपचार पालिकाका वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा पनि हुने गरेको छ। वडास्तरमा रहेका स्वास्थ्य संस्थामा पोषण सुधारका लागि थुप्रै प्रयास भइरहेका छन्।

स्वास्थ्य संस्थामै पोषण कर्नर राखेर जानकारी दिने लगायतका कार्य गर्ने गरिएको धनसिहपुर स्वास्थ्य चौकीका पोषण फोकल पर्सन तथा अनमी पुनम साउद बताउँछन्। “हामीले गर्भावस्थादेखि नै पोषणबारे जानकारी दिन्छौँ, गर्भमै हुँदा आमा र बच्चा स्वस्थ हुनुपर्छ”, उनले भनिन्, “स्वस्थ्य जन्मिएको बच्चा सही तरिकाले स्याहार गरेमा कुपोषण हुनबाट जोगाउन सकिन्छ।”

टीकापुर नगरपालिकाले पोषण सुधारका लागि थुप्रै प्रयास गरेको छ। विगतमा टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवर्द्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिएको छ।

हाल टीकापुर अस्पतालसहित नारायणपुर, धनसिंहपुर स्वास्थ्यचौकी, विजयनगर, अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा समेत उपचार केन्द्र स्थापना गरी बालबालिकाको पोषण सुधारका प्रयास भइरहेका छन्।

टीकापुर नगरपालिकाका सिनियर अहेव अधिकृत तथा पोषण फोकल पर्सन कमलबहादुर रावल स्वास्थ्यकर्मी नै कुपोषित बालबालिका खोज्न खटेपछि अहिले बालबालिका बढेका छन्। ‘‘बालबालिका देखिने शीघ्र कुपोषण न्यूनीकरणमा जनचेतना फैलाउन स्वास्थ्य संस्थामा पोषण कर्नर, गाउँघर क्लिनिक तथा खोप कार्यक्रममा पोषणबारे जानकारी दिने, गर्भावस्थादेखि नै पोषण सुधारका कार्य गर्दै आएका छौँ”, उनले भनिन्, ‘‘साम र माम देखिएका बच्चा खोजीका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य शिविर, सर्वेक्षण, घरदैलोजस्ता कार्यमा खटाएका छौँ।” रासस

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.