• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित

कञ्चनपुर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएकोे बताए ।

उनका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरुलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उनको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उनले उल्लेख गरे ।

“टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण ९ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि० भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ” उनले भने । पालिकाहरु संग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उनले बताए ।

उनले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनु हुदै डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले सार्ने रोग रहेको बताए ।

“डेंगु सार्ने लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ” उनले भने, “यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ, लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा यसको मुख्य स्रोतका रुपमा रहेका छन ।”

पानी जम्ने भाँडाकुडाको पानी फाल्ने कार्य गर्नु पर्ने उनले उल्लेख गरे । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुखाइ हुने आँखाको पछाडि दुखाइ हुने, मांसपेशी र हड्डी दुख्ने, आदी हुने गरेको उल्लेख गर्दै उनले डेंगु रोगको कुनै विशेष औषधि नभएकोले पूर्व सतर्क रहि रोगको संक्रमण गराउने लामखुट्टेको टोकाईबाट बच्नु मुख्य उपाय रहेको बताए ।

“शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि सकेका छौं” उनले भने, “कृष्णपुर नगरपालिकाका दुई ठाउमा कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ, अन्य डेंगुको जोखिम देखिएका ठाउमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । डेंगु रोग नियन्त्रणको लागि व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य अत्यन्तै जरुरी रहेको छ” पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “यस सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौ ।”

कञ्चनपुरमा चालु आबको साउन महिनादेखि हाल सम्म २९ जना व्यक्तिमा डेंगुको संक्रमण देखा परेको छ । वर्षाको समयमा अझै डेंगुको संक्रमण बढन सक्ने भएकाले सचेत हुनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । रासस

बिहिबार, असार २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.