• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

धनगढी उपमहानगरले बनायो देवहरियाका महिलाहरुलाई आत्मनिर्भर

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाका कारण वडा नं. ७ देवहरियाका ५ जना महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । जाखोरताल महिला विकास दुनाटपरी उद्योग संचालन गर्न लगाइ उपमहानगरले उनीहरुलाई आत्मनिर्भर बनाएको हो ।

उपमहानगरले सुरुमा वडा नं ७ को कार्यालयमा दुनाटपरी तालिम लिन लगाएको र पछि दुनाटपरी बनाउने २ वटा मेसिन निःशुल्क रुपमा उपलब्ध गराएको सीता चौधरीले बताइन् ।

‘अहिले हामी दुनाटपरी बनाउन निपूर्ण भएका छौँ’ उनले भनिन् ‘दिनको एक हजार दुना र एक हजार टपरी उत्पादन गर्दैछौँ । माग अनुसार दुना र टपरी उत्पादन गरी मासिक २५ हजार बिक्री हुने गरेको छ ।’

‘धनगढी उपमहानगरपलिकाले सहयोग नगरेको भए हाम्रो जीवनस्तर नाजुक हुने थियो’ उनले भनिन् ‘नगरप्रमुखमा गोपाल हमाल विजय भएपछि हाम्रो जीवन स्तर उकास्न मद्धत पुगेको छ ।’ आफूहरु अहिले पूर्ण रुपमा आत्मनिर्भर बनेको उनको भनाइ छ । दुनाटपरीबाट बालबालिकाको पढाइलेखाइ र घर खर्च राम्रोसंग चलेको उनको भनाइ छ ।

‘बजारको समस्या छैन,हामी जति उत्पादन गर्छौँ सबै धनगढी बजारमा खपत हुन्छ’ उनले भनिन् ‘केही काठमाडौँ पनि पठाउने गरेका छौँ ।’ दुना टपरी बढीजसो पूजा पसल, किराना पसल, विवाह ब्रतबन्धमा जाने गरेको उनको भनाइ छ । उनले आफूसँगै स्थानीय कमला चौधरी,भुलिया चौधरी,बिनिता रेग्मी र सविता चौधरीले दुनाटपरी उत्पादन गर्दै आएको बताउँदै बिक्री गरेको पैँसा समूहमा जम्मा गर्ने गरेको बताइन् ।

दुई वर्ष यता समुहमा जम्मा भएको पैँसा प्रतिव्यक्ति ६० हजार भाग परेको विनिता रेग्मीले निशाना न्युजलाई जानकारी दिइन् । उनले भनिन् ‘पहिला कामको खोजीमा कहाँ जाने के गर्ने भन्ने थियो अहिले उपमहानगरपालिकाले बाटो देखाई दिँदा ढुक्कले काम गर्न सहज भएको छ ।’
बिहान घरको काम गर्ने र दिउँसोको समयमा दुनाटपरी बुन्ने काममा लाग्ने गरिएको उनले बताइन् । सुरुमा बजार बनाउन समस्या भएको र बजार बनिसकेपछि दुनाटपरी खपत भइरहेको उनले बताइन् । ‘अहिले माग अनुसार उत्पादन गर्न सकिँदैन माग बढी हुन थाल्यो’ उनले भनिन् ‘काम गर्न समस्या त हुने नै भयो । जाडोको समयमा अलि समस्या हुन्छ । जंगलबाट टिपेर ल्याएका पात छिटो सुक्दैन । समयमै सुकेन भने हामीलाई दुना टपरी उत्पादन गर्न समस्या हुन्छ ।’

‘मेसिनको कमी छ । हामीलाई थप एक मेसिनको आवश्यक छ’ उनले भनिन् ‘धनगढी उपमहानगरपालिकाले थप एक मेसिन उपलब्ध गराइ दिएको भए हामीलाई बजारको माग अनुसार उत्पादन गर्न सहज हुने थियो ।’

उनले दुनाको साइज अनुसारको मुल्य निर्धारण गरिएको बताइन् । सानो दुनाको ७० पैँसा, १ नम्बर साइजको ८० पैँसा,२ नम्बर साइजकोलाई १ रुपैया र ३ नम्बर साइजको दुनालाई डेढ रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् । त्यस्तै,टपरी साढे ३ रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् । देवहरिया जंगलबाट पात टिप्न गरेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका आफू जस्ता महिलाका लागि सहयोगी बनेको उनले बताइन् ।

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.