कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले गत आर्थिक बर्ष २०८१/८२ मा सवारी साधन कारबाहीबाट एक करोड ९९ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
२६ हजार ९ सय ७ सवारी साधन कारबाही गर्दा सो राजस्व संकलन भएको हो ।
३ हजार ४७० ट्रक कारबाही हुँदा ३३ लाख ५६ हजार ५सय रुपैयाँ,एक हजार ६६१ बस कारवाही हुँदा १४ लाख ७१ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक चक्रबहादुर देउवाले निशाना न्युजलाई जानकारी दिए ।
३ हजार ४८८ जिप/कार कारबाही हुँदा २४ लाख ८१ हजार ५ सय,दुई हजार २६९ ट्याक्टर कारबाहीमा पर्दा १६ लाख ४३ हजार,१३ हजार १२२ मोटरसाइकल कारबाही हुँदा ९० लाख ३६ हजार राजस्व संकलन भएको उनले बताए ।
त्यस्तै, अन्य दुई हजार ८९७ सवारी कारबाही गरिँदा २० लाख ५ हजार ५ सय रुपैयाँ राजस्व असुल भएको उनको भनाइ छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा ३२ हजार ३२० सवारी साधन कारवाही गरिदा २ करोड ३३ लाख ३८ हजार ५ सय राजस्व संकलन गरेको उनको भनाइ छ ।
अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलन कमी भएको उनले बताए । सवारी साधन कारबाही पनि बढी नै भएको उनले बताए । चेकजाँचमा कडाइ,सचेतनाका कार्यक्रम,सवारी चालकसंग प्रशिक्षण र बढी दुर्घटना हुने क्षेत्रमा सचेतनाका बोर्ड राख्नुले दुर्घटनामा कमी आइरहेको उनको भनाइ छ ।













