कैलाली । धनगढीको दिनेश फाउन्डेसनद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन । शुक्रबार फाउन्डेसनको १३औँ बृहत रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन् ।
बिगत १२ बर्षदेखि नियमित रुपमा वार्षिक रक्तदान कार्यक्रम गर्दै आएको दिनेश ग्रपुका प्रबन्धक दीपेन्द्र ओझाले बताए । रक्तदान कार्यक्रममा फाउन्डेसनसंग आवद्ध पदाधिकारी, दिनेश ग्रुपका कर्मचारी लगायत सर्वसाधारणले समेत रक्तदान गरेको प्रबन्धक ओझाले बताए ।
रक्तदान कार्यक्रममा सुदुरपाश्चिम प्रदेशका सर्वाधिक सतक रक्तदाता एवं रक्तदान सदभावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको ओझाले बताए । रक्तदातालाई प्रबन्धक ओझाले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।














