कंञ्चनपुर । कंञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर, बेदकोट १० चतहरी बस्ने बर्ष ६० को पदम सार्की रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति घरको कोठामा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि महाकाली प्रादेशिकअस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु घोषणा गरेको छ ।















