धनगढी । कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ जना पुगेको छ । सन् २०२५ मा सो संख्याका बिरामी फेला परेका हुन् ।
स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए । सन् २०२४ मा कैलालीमा ५२० जना डेंगुका बिरामी पुगेको उनले बताए ।
स्वास्थ्य कार्यालय कैलालीले लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए ।
उनले भने ‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ ।’
हाल सुदूरपश्चिम भरि यो रोगका बिरामीको संख्या ३ सय ४५ रहेको उनले बताए । अहिले सम्मको तथ्याङ्कअनुुसार बाजुरा र बझाङमा ५६ जना डेंगु रोगी रहेको उनले बताए ।
दार्चुलामा ७,बैतडीमा ३०, डडेल्धुरामा ५६,डोटीमा ३७,अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जना डेंगुका बिरामी रहेको उनले बताए ।
देशभरीमा ३ जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । मनाङ,डोल्पा,हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । देशभरी २ हजार ७ सय २० जना डंगु रोगका बिरामी रहेको उनले बताए ।













