• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कारागार घटना : मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको माग

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित

धनगढी । इन्सेकलगायतका संघसस्थाहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला कारागार कैलालीमा शुक्रबार राति कैदीबन्दीहरुबीच भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

घटनाको प्रारम्भीक स्थलगत निरीक्षणका क्रममा घाइते र घाइतेका परिवारजनबाट प्राप्त जानकारी अनुसार सुरक्षा र प्रशासनको चरम लापरबाहीका कारण उक्तघटना भएको ठहर गर्दै घटनामा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरुको निःशुल्क उपचार गर्न विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ–,‘सो घटनामा परी मृत्यु भएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको अवस्था बारे आफन्तलाई जानकारी गराउन सम्बन्धित पक्षको ध्यानकर्षण गर्दछौँ ।’

घाइतेको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिई आवश्यक उपचार गरिनु पर्ने र घटनाको सत्यतथ्य छानबिनका लागि मानव अधिकारकर्मी र नागरीक समाजको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गरिनु पर्ने, कारागारमा क्षमता भन्दा अत्याधिक बढी कैदीबन्दी राखिएको कारण पनि यस प्रकारका घटनाहरु दोहोरीरहने भएकोले आवश्यक भौतिक संरचना निर्माण गरी कैदीवन्दीहरुको मानव अधिकारको संरक्षण र सम्वर्धन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन इन्सेकको नेतृत्वमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी र प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका महासचिव शिवराज भट्ट, कैलाली जिल्ला अदालत बार एसोशियशनका अध्यक्ष्य इन्द्रप्रसाद लेखक, महिला मानव अधिकार रक्षक साञ्जालकी गिता चौधरी, एडभोकेसी फोरमका पुष्पविक्रम शाही र मानव अधिकार रक्षक सञ्जालका देवीप्रसाद खनाल सहित सात सदस्यीय तथ्य संकलन सिमिति समेत गठन गरिएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको इन्सेकलगायतका संघसस्थाको सयुक्त टोलीले साउन २६ गतेदेखि अध्ययन सुरु गर्ने र अध्ययनका क्रममा प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गरी सार्वजनिक गरिने इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बताए ।

कारागारमा भएको कैदीबन्दीबीचको झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

आइतबार, साउन २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.