• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

सामुदायिक वन समन्वय समितिको कार्ययोजना : संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित

कञ्चनपुर । सामुदायिक वन समन्वय समितिले आव २०८२/८३ का लागि वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । समितिले वन संरक्षण र जैविक विविधता संवद्र्धनसँगै उपभोक्ताको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ ।

समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार योजनाअन्तर्गत वनमा आश्रित जनताको निर्भरता घटाउन वैकल्पिक आयआर्जनका कार्यक्रम विस्तार गरिनेछ । “वन जोगाउन आर्थिक विकल्प दिनु जरुरी छ”, उनले भने, “त्यसैले यस वर्षको योजना दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढाइनेछ ।”

कार्ययोजनामा डढेलो नियन्त्रण, खुला चरिचरण व्यवस्थापन, बधुवा पशुपालनमा सहयोग, घाँस–चारा उत्पादन र भकारो सुधारजस्ता गतिविधि समावेश छन् । चोरी–शिकारी नियन्त्रण दल परिचालन, गस्ती व्यवस्था, सदस्यहरूको दुर्घटना बीमा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेसवायर र विद्युतीय तारवार जडान, वन्यजन्तु उद्धार र राहत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष जोशीले बताए ।

“घोलमुहान निर्माण तथा मर्मत, पानी मुहान संरक्षण, घाँसे मैदान व्यवस्थापन, निजी वन प्रवद्र्धन, बहुवर्षीय नर्सरी सञ्चालन, भू–क्षय नियन्त्रण, जैविक तटबन्ध, नदी उकास र नदी तटीय वन संरक्षणजस्ता योजना अघि बढाउने योजना बनाएका छौं”, उनले भने, “नदी किनारमा वेत, बाँस, भेटिवर घाँस र अम्रिसो रोपणमार्फत जलवायु न्यूनिकरणमा योगदान पुर्याउन कार्यक्रम सञ्चालन गछौं ।”

चुरे क्षेत्रका पानी मुहान संरक्षण, सरोकारवालासँग समन्वय बैठक र विशेष कार्यक्रम सञ्चालन पनि यस वर्षको योजनामा रहेको उनले जानकारी दिए । समितिले १५ सामुदायिक वनको कार्ययोजना नवीकरणमा सहयोग कार्यक्रम कार्ययोजनामा समावेश गरेको छ ।

उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउन दुना–टपरी, मसाला, होजियारी, अम्रिसो झाडु, बेत–बाँस र फर्निचर उद्योग सञ्चालन गर्ने योजना बनाइएको उल्लेख गर्दै अध्यक्ष जोशीले यसका लागि स्थानीय तहसँग साझेदारी गर्ने योजना रहेको बताए ।

उनका अनुसार वैकल्पिक कृषि उद्यमअन्तर्गत कागतीखेती, स्थानीय जातका कुखुरापालन र माछापालन प्रवद्र्धन गरिनेछ । समितिले आफ्नो दीगो आम्दानीका लागि विभिन्न प्रजातिका फलफुल, सजावटी तथा सौन्दर्य प्रयोजनका बिरुवा उत्पादन गरी बिक्री गर्नेछ । बहुवर्षीय नर्सरी व्यवस्थापनमार्फत यो प्रक्रिया स्थायी बनाइनेछ ।

पर्यटन प्रवद्र्धनका लागि विजयसाल घरवास (होमस्टे) व्यवस्थापन तथा सिस्ने सिमसार क्षेत्रमा अवलोकन पूर्वाधार निर्माणमा सहयोग पु¥याइने समन्वय समितिका टोली प्रमुख शिवदत्त पन्तले बताए । “कार्ययोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रयोगमा विद्युत् चुलो र गोबर ग्याँसका लागि सहयोग तथा मर्मतका कार्यक्रम सञ्चालन हुन्छन्”, उनले भने, “अपाङ्गता भएका व्यक्तिलाई सहयोग कार्यक्रम निरन्तरता अघिल्ला वर्षझै दिन्छौं ।”

लोपोन्मुख विजयसालको संरक्षण, संकटापन्न जीवजन्तु प्रजातिको संरक्षण तथा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन पनि यस वर्षको योजनामा प्रमुख रूपमा समावेश गरिएको उनले जानकारी दिए । “यो योजना कागजमा मात्र सीमित हुँदैन, हामी यसलाई गाउँको आँगनदेखि जंगलको पातसम्म कार्यान्वयनमा ल्याउनेछौं”, उनले भने ।

समितिका अनुसार योजना सफल कार्यान्वयन भएमा कञ्चनपुरको सामुदायिक वन क्षेत्र संरक्षण र आर्थिक सशक्तीकरणको नमूना बन्ने अपेक्षा गरिएको छ । समन्वय समितिमा लालझाडी संरक्षण क्षेत्रअन्तर्गतका ९१ सामुदायिक वन आबद्ध रहेका छन् । रासस

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.