अछाम । अछाममा बँदेलको आक्रमण परी एक जना घाईते भएका छन् । आज बँदेलको आक्रमण बाट अछामको, साँफेबगर १०, घुघुरकोट बस्ने वर्ष १६ का शिव महता रहेको प्रहरीले जनाएको छ ।
घरनजिकै रहेको बारीमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलले आक्रमण गरी घाइते बनाएकोले उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा ल्याएको छ । उनको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा चोट रहेको छ भने अवस्था मध्यम रहेको जनाएको छ ।













