धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु २ लाख ४ हजार ४७० बराबरको विभिन्न किसिमका कपडा,कस्मेटिक तथा किराना लगायतका सामानहरु नियन्त्रमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गडडाचौकीमा बुझाएको जनाइएको छ।













