धनगढी । धनगढीस्थित सिपी अस्पताल प्रालि र धनगढी–३ स्थित डिलासैनी टोल विकास संस्था बीच बिरामीलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार डिलासैनी टोल विकास संस्थाका सम्पूर्ण सदस्यहरुलाई चोटपटक लागेमा वा बिरामी भई अस्पतालमा सेवा लिन आएको खण्डमा अस्पतालले तोकिए बमोजिमको छुट प्रदान गर्नेछ ।
बिरामीले छुट लिनका लागि विलिङ हुँदाका बखत टोल विकास संस्थाको सिफारिस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौता २०८२/०५/०१ गतेदेखि लागू भई २०८३/०५/०१ गते सम्मका लागि मान्य हुनेछ जनाइएको छ ।
यस्तो छ सम्झौता













