कैलाली । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा धनगढी ८ कयाम्पस रोडमा रहेको एरिष्टो ईङ्गलिस बोर्डिङ स्कूल प्रथम भएको छ।
आज धनगढी उपमहानगरपालिका वडा न ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा एरिष्टो ईङ्गलिस बोर्डिङ स्कूल प्रथम भएको हो ।
एरिष्टोको तर्फबाट आदर्श लम्साल,जेनिथ रौले र प्रतिभा जोशी हाजिरी जवाफ प्रतियोगितामा सहभागि थिए ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त स्कूलकी पुर्व शिक्षका स्व.बसन्ती भट्टराईको सम्झनामा बसन्ती स्मृति अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा धनगढी सिटी स्कूलले दोस्रो स्थान हाँसिल गरेको छ । सिटी स्कूलको तर्फबाट गीता कुमारी साउँद सुजन बहादुर शाही र लतिल सिंह सहभागी थिए ।त्यस्तै आयोजक कैलाली मोडेल स्कूलले तेस्रो स्थान हाँसिल गरेको छ ।
कैलाली मोडेलका तर्फबाट कक्षा १० मा अध्ययनरत छात्रा दिपिका चन्द, ९ मा अध्ययनरत प्रियंका कुँवर र सार्थक मल्लले सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पाँच हजार, द्धितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको छ।
कैलाली मोडेल स्कूल अन्तर्गतको “सोसल क्लब”ले निर्माण व्यवसायी संघको हलमा आयोजना गरेको उक्त हाजिरी जवाफ प्रतियोगितामा विभिन्न सात ओटा विद्यालयको सहभागिता रहेको प्रधानाध्यापक तपेन्द्र सिंहले जानकारी दिए। पुर्व शिक्षिका भट्टराईको सम्झनामा प्रत्येक वर्ष हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए।













