धनगढी । अछाममा पानीको खाल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपलिका-१ ग्वालेकोटस्थित बुढीगंगा नदी किनारामा ढुङ्गा, गिठ्ठी निकाल्दा बनेको खाल्डोमा बुढीगंगा नदी बढ्न गई पानी जमेको स्थानमा खेल्ने क्रममा सोही ठाउँ बस्ने सानु दमाईको ११ वर्षीय छोरा सक्षम परियारको शुक्रबार मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय साँफेबगबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उक्त खाल्डोबाट निकालेर उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।













