धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको शान्ति सुरक्षाबारे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग छलफल गरेका छन्।
शनिबार दुवैबीच मुख्यमन्त्री निवासमा भेट भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ। भेटमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए। छलफलमा कैलालीको शान्ति सुरक्षा र समसामयिक बिषयमा कुराकानी भएको सचिवालयले जानकारी गराएको छ।















