काठमाडौं । नागरिक सरोकार अभियान, नेपालले राजधानीमा आयोजना गरेको भेलामा पूर्व न्यायाधीश कल्याण श्रेष्ठ, पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, हिरण्यलाल श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठ, नवराज सुवेदी र युगनाथ लम्साललगायतका वक्ताहरूले सरकारप्रति तीव्र आलोचना गरेका छन्।
उनीहरूले सत्ता पक्ष बिचौलियाको नियन्त्रणमा फसेर जनअधिकार र सेवा बेवास्ता भएको, शिक्षा–स्वास्थ्य जस्ता मौलिक अधिकार ध्वस्त भएको, सरकारी स्वास्थ्य संस्था कमजोर बनाइँदै निजी मेडिकलमा कोटा बढाइएको र न्यायपालिका तथा विश्वविद्यालयमा भागबण्डा भइरहेको बताए।
सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सुविधा सुनिश्चित नभएसम्म नागरिक प्रतिरोध जारी रहने चेतावनी दिएका छन्।













