धनगढी । नगरबासीले अब चिन्ता लिनु पर्दैन, आगलागी हुदा ५ तलावाट पनि ज्यान जोगाउन सकिने सेफ्टी जम्प एयर ब्याग खरिद गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले आगलागी हुदाँ आफना नागरिकको ज्यान जोगाउन सो व्याग खरिद गरेको हो ।
घरमा आगलागी भएको अवस्थामा माथिल्लो तलामा रहेका नागरिकलाई सुरक्षित अवतरण गराउने उदेश्यले सेफ्टी जम्प एयर ब्याग खरिद गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
उक्त ब्यागबाट आपना नागरिकले भरपुर सेवा लिने उनले बताए ।
उनले विशेष गरेर चार र पाँच तलाको घरमा तल्लो वा अन्य तलामा आगलागी भएमा उद्धार गर्न कठिनाइ भएको बेला मान्छेलाई सेफ्टी जम्प एयर ब्यागमा कुद्न लगाइने बताए।
आपतमा परेकालाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरुलाई यस ब्यागमा कुद्न अभिप्रेरित गर्नेछौं उनले भने सेफ्टी जम्प एयर ब्याग पम्पले आठ मिनेट तीन सेकेण्डमा हावा भरिने गर्दछ ।
ब्यागको धनगढी उपमहानगरपालिकाको कार्यालयमा परीक्षणसमेत गरिएको छ













