धनगढी । कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बसपार्कमा आजबाट टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ सुरु भएको छ ।
जगदम्बा मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पूराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त ‘एक्सचेञ्ज मेनिया’ सुरु गरेको हो ।
अत्तरिया बसपार्कमा आजबाट सुरु भएको एक्सचेञ्ज मेनियामा ६ गतेसम्म चल्ने जनाइएको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ ।
एक्सचेञ्ज मेनियामा पूरानो नगुड्ने मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने बागेश्वरी मल्टीमोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनले एक्चेन्ज गरिएको साधनमा थप १० हजार मूल्यांकन रकम थप गरिने बताए ।
नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार क्यास डिस्काउन्टको व्यवस्था गरिएको उनले बताए । साथै हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।















