धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
आइतबार जिल्लाको कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
डगौरा देखतभुलीस्थित धानखेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















